बझाङ भूकम्प : राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले बझाङमा मंगलबार गएको भूकम्पबाट प्रभावितको राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न सरकारलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी गर्न, प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारलाई आग्रह गरेका हुन् ।
साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि सभापति देउवाले आग्रह गरेका छन् । देउवाले यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीयहरुमा विज्ञप्तिमार्फत अपील गरेका छन् ।
विज्ञप्तिमा देउवाले भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण