बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बझाङ भूकम्प

भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित, ३ दिन विद्यालय बन्द गर्ने निर्णय

बिहीबार, १८ असोज २०८०, ११ : १०
बिहीबार, १८ असोज २०८०

धनगढी । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । 

यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भोलि असोज १९ गतेसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको बिहीबार रातोपाटीलाई जानकारी दिए ।

१२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए । 

मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र समेत बस्न सकिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप