शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : बजार अनुगमन  गर्न सांसदको माग

बिहीबार, १८ असोज २०८०, १४ : २०
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् । 

आजको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएको छ ।” चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्री वितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, “भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ ? यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप