राष्ट्रियसभा बैठक : बजार अनुगमन गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् ।
आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिले समस्या भएको छ ।” चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्री वितरण भइरहेको जनाउँदै उनले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद कृष्णप्रसाद पौड्यालले बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, “भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ ? यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण