कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : सांसद थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गरेका हुन् । उनले सरकारले बदनियतका साथ निर्णय गरेको बताए । उनले गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनले यसको जवाफ सरकारले दिनैपर्ने बताए ।
सांसद थापाले कानुनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानुनी छिद्र टाल्नुपर्ने बताए । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानुन बनाउनुपर्ने उनले बताए ।
सांसद थापाले फागुन ७ गतेभन्दा अगाडी नै कानुन बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण