सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्त्वपूर्ण अवसर गुमाउनुभयो : सांसद पन्त

बिहीबार, १८ असोज २०८०, १५ : ४८
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणबाट महत्त्वपूर्ण अवसर गुमाएको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भूमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताए । 

सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तो भएको टिप्पणी गरे । भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उनले बताए ।

सांसद पन्तले नेपालको प्रधानमन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी पनि गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप