बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

बिहीबार, १८ असोज २०८०, १८ : ११
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उनीहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए । त्यसैगरी भेटवार्तामा आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो । 

त्यस्तै बिहीबार नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।  

त्यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप