भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।
पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।
तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निर्माण गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताएका छन् ।
यस्तै सरकारले राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडाको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने प्रधानमन्त्री प्रचण्डले बताए । उनले बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने परियोजना अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण