कीर्तिमानहरु तोडिएको खेलमा दक्षिण अफ्रिका १ सय २ रनले विजयी
नयाँ दिल्ली । दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय २९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ अशलांकाले ७९ रनको योगदान दिए भने कुशल मेन्डिसले ७६ रन बनाए । कप्तान दासुन शानाकाले पनि ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ तथा केशव महाराज, कागिसो रबाडा र मार्को जानसेनले २–२ विकेट लिए ।
यसअघि, एकै खेलमा तीन खेलाडीले शतक बनाएपछि दक्षिण अफ्रिकाले टस हारेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो मात्र चौथो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्याण्डले एकपटक यो उपलब्धि हासिल गरेको थियो । विश्वकपको खेलमा भने यस्तो भएको पहिलो अवसर हो ।
यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए ।
त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए ।
खेलको अन्त्यतिर डेभिड मिरले ३९ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान दिए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण