नेपालीलाई धर्मका नाममा लडाउन थालियो : रामहरि खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मिलेर बसेका नेपालीहरुलाई धर्मका नाममा लगाउने खेल चलिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले धार्मिक सद्भाव खलल पार्ने काम तुरुन्त रोक्नका लागि माग गरेका छन् ।
सांसद खतिवडाले भने,‘केही मान्छेहरु एउटा समुदायलाई इङ्कित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य दिएर हिँडेका हुन्छन् । कोही धर्मका नाममा राजनीति गरिरहेका हुन्छन् । कोही धार्मिक सहिष्णुता खलल गर्ने काममा लागेको देखिन्छ । हामी धेरै वर्षदेखि नेपालीहरु एकीकृत भएर सदभावपूर्ण रुपमा बसेका नेपालीहरुलाई विभिन्न बाहनामा धर्मको नाममा झगडा गराउने कामहरु भएको देखिन्छ । चाहे कोशी प्रदेशको धरानमा भएको घटना भएको होस, चाहे सर्लाही र नेपालमा भएका घटना हुन ।’
धार्मिक एकता बिगार्ने काम रोक्नका लागि माग गरेका छन् । अहिले आफ्नो पक्षको मात्र कुरा गर्ने तर समग्रमा देशको बारेमा कुरा गर्ने मान्छेको आवश्यकता महसुस गरेको बताए । उनले कर्मचारीहरु काम गर्न डराइरहेको, देशको अर्थतन्त्र बिग्रिएको, आर्थिक मन्दीले समस्या रहेको, सडकमा भएको खाल्डाखुल्डी पुर्न सरकार तयार नभएको त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घरमा उभिनुपर्ने अवस्था छ : चिरिबाबु महर्जन
-
रोनाल्डो पनि क्लब विश्वकपमा खेल्न सक्छन् : फिफा अध्यक्ष
-
बायर लेभरकुजनको नयाँ प्रशिक्षक बन्दै टेन हाग
-
सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेकाे आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल
-
‘आफूले अभिनय गरेको फिल्म आफ्नो बच्चाजस्तै हो, कुनैलाई हेला गर्न पनि मिल्दैन’
-
गगन थापा : विश्वास, विवाद र सुधारको समीक्षा