नेपालीलाई धर्मका नाममा लडाउन थालियो : रामहरि खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मिलेर बसेका नेपालीहरुलाई धर्मका नाममा लगाउने खेल चलिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले धार्मिक सद्भाव खलल पार्ने काम तुरुन्त रोक्नका लागि माग गरेका छन् ।
सांसद खतिवडाले भने,‘केही मान्छेहरु एउटा समुदायलाई इङ्कित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य दिएर हिँडेका हुन्छन् । कोही धर्मका नाममा राजनीति गरिरहेका हुन्छन् । कोही धार्मिक सहिष्णुता खलल गर्ने काममा लागेको देखिन्छ । हामी धेरै वर्षदेखि नेपालीहरु एकीकृत भएर सदभावपूर्ण रुपमा बसेका नेपालीहरुलाई विभिन्न बाहनामा धर्मको नाममा झगडा गराउने कामहरु भएको देखिन्छ । चाहे कोशी प्रदेशको धरानमा भएको घटना भएको होस, चाहे सर्लाही र नेपालमा भएका घटना हुन ।’
धार्मिक एकता बिगार्ने काम रोक्नका लागि माग गरेका छन् । अहिले आफ्नो पक्षको मात्र कुरा गर्ने तर समग्रमा देशको बारेमा कुरा गर्ने मान्छेको आवश्यकता महसुस गरेको बताए । उनले कर्मचारीहरु काम गर्न डराइरहेको, देशको अर्थतन्त्र बिग्रिएको, आर्थिक मन्दीले समस्या रहेको, सडकमा भएको खाल्डाखुल्डी पुर्न सरकार तयार नभएको त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण