जनार्दन शर्माको आग्रह : इजरायलमा फसेका नेपालीहरुलाई नेपाल ल्याउन थप पहल गरियोस्
सोमबार, २२ असोज २०८०, १६ : २१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले इजरायलमा संकटमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन थप पहल गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री समेत रहका नेता शर्माले इजरायलमा वेपत्ता भएकाहरुको खोजी र घाइतेहरुको शीघ्र उपचारका लागि पहल गर्न सरकारसँग माग गरे ।
‘इजरायलले युद्धको घोषणा भैसकेपछि नेपाल आउन चाहेका नेपालीहरु जो संकटमा रहेका छन् । ती सबै नेपाली नागरिकहरुलाई नेपाल ल्याउन सरकारले थप विशेष पहल गरोस् भनेर सरकारसँग माग पनि गर्न चाहान्छु’, शर्माले भने, ‘अप्ठेरो र कठिन रुपमा जीवन बिताइरहेकाहरुलाई कुटनीतिक पहलमार्फत सम्पर्कमा ल्याओस्, मृतकको शव नेपाल ल्याओस् । जहाँ युद्ध भइरहेको छ, त्यहाँ नेपालका तर्फबाट शान्ति स्थापना पहल गरोस भन्न चाहान्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण