भूमि आयोगका ३ जना कर्मचारी प्रहरीको नियन्त्रणमा
मङ्गलबार, २३ असोज २०८०, ११ : ५८
काठमाडौँ । राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल छन् । उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन् ।
जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । कर्मचारीहरुले हाल्दिबारी वडा नम्बर–१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण