सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘शोरुम आयो, लेभनिङ पायो’

मङ्गलबार, २३ असोज २०८०, २० : २१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौं । लेभनिङ इलेक्ट्रिक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले दसैँ स्किम सार्वजनिक गरेको छ । कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दसैँ स्किम सार्वजनिक गरेको हो ।

कम्पनीले दसैँ स्किम अन्तर्गत ब्याज नलाग्ने स्किम तथा विभिन्न एसेसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ । 

लेभनिङको दसैँ स्किम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रिक स्कुटर जित्न सक्नेछन् । कम्पनीले ल्याएको यो स्किम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप