शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीको प्रदेशसभा नियावली र आर्थिक कार्यविधि पेश

शुक्रबार, १६ चैत २०७४, १७ : ०५
शुक्रबार, १६ चैत २०७४

पूर्णबहादुर खड्का
सुर्खेत कर्णाली प्रदेशसभा नियामवली, २०७४ प्रदेश सभा बैठकमा पेश गरिएको छ । आज बसेको पहिलो अधिवेशनको छैठौ बैठकले उक्त नियामवली पेश गरिएको हो । 

सभामा मस्यौदा समितिको संयोजक सीताकुमारी नेपालीले पेश गरेकी थिईन् । 

नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावली प्रतिवेदनमा २६ परिच्छेद र ८ वटा अनुसूची रहेको छ । 

संविधानको धारा, १९४ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली अन्तर्गत विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समिति समेत सभामा पेश गरिएको छ । उक्त समितिको कार्य क्षेत्र समेत तोकिएको छ ।

समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालन सम्बन्धी हरेक भए गरेका काम–कारबाही यसै नियमावली बमोजिम मानिने व्यवस्था समेत गरिएको छ ।

सभाले कर्णाली प्रदेश सभाको लोगो समेत अनुमोदन गरेको छ । महिला र पुरुष दुवैको हत्केला माथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सा र त्यसमाथि नेपालको राष्ट्रिय झण्डा राखिएको, फेदमा कर्णाली प्रदेशसभा सदस्य लेखिएको लोगो समेत बैठकमा छलफलका लागि पेश गरिएको छ । उक्त नियामवलीमा आवश्यक शंसोधनका लागि ७२ घण्टा संसदहरुलाई समय दिईएको छ । 

आर्थिक कार्यविधि पेश 

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक पेश गरेका छन् । प्रदेशको आर्थिक क्रियाकलाप नियमित तथा व्यवस्थित गर्न संसद बैठकले पास गर्नुपर्ने प्रावधान रहेको छ । 

सोही अनुसार मन्त्री ज्वालाले एक नम्बरको आर्थिक कार्यविधि पेश गरेका हुन् । प्रदेश कोष तथा नियन्त्रण कार्यालय र सञ्चित कोष खडा गर्न समेत यसै कार्यविधिले मार्फत हुने बताएका छन् ।  

प्रदेश सञ्चित कोषले सञ्चित एवं अन्य सरकारी एकीकृत वार्षिक वित्तीय विवरण तयार गर्ने, जिम्मेवार प्रदेशलेखा नियन्त्रक कार्यालयलको हुने व्यवस्था समेत गरिएको छ । त्यसैगरी, प्रदेश लेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकेको कार्यालयबाट प्रदेश सरकार अन्तर्गतका सवै कार्यालयहरुको आर्थिक कारोवारको नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखापरीक्षण गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको छ । 

प्रत्येक कार्यालयले सवै प्रकारका आय–व्यय तथा कारोवारको तोकिए बमोजिमको लेखा र वित्तीय विवरण पेश गरी महालेखापरीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ । 
उक्त पेश गरिएको आर्थिक कार्यविधिमा छलफल गर्न संसदलाई २० गते सम्म समय दिईएको छ ।   

कर्णाली प्रदेश सभा बैठक आगामि २० गते दिनको १ बजे सम्मका लागि स्थगन भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप