गण्डकीमा विकास निर्माण र सेवा प्रवाहसम्बन्धी करिब १५ सय उजुरी अख्तियारमा दर्ता
पोखरा । गण्डकी प्रदेशमा विकास निर्माण र सेवा प्रवाह सम्बन्धी करिब १५ सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ४ सय ४२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा दर्ता भएका हुन् । सबैभन्दा बढी संघीय मामिलातर्फका ३५ दशमलव ९५ प्रतिशत, शिक्षामा १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ७ प्रतिशत उजुरी दर्ता भएको अख्तियारको पोखरा कार्यालयले जनाएको छ ।
त्यसमध्ये ९ सय ७८ उजुरी फर्स्यौट भएका छन् । फर्स्यौट हुन बाँकी ४ सय ६४ उजुरी चालू वर्षमा गरिने जनाइएको छ ।
विस्तृत अनुसन्धानबाट १ सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको अख्तियार कार्यालय पोखराका प्रमुख सन्तोष तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गैरकानूनी लाभहानीसँग सम्बन्धित छन् ।
अख्तियारले गत वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको छ । तिमल्सिनाले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन लिएपछि गुरुङले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन अख्तियारको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण