शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा विकास निर्माण र सेवा प्रवाहसम्बन्धी करिब १५ सय उजुरी अख्तियारमा दर्ता

बुधबार, २४ असोज २०८०, १८ : ४८
बुधबार, २४ असोज २०८०

पोखरा । गण्डकी प्रदेशमा विकास निर्माण र सेवा प्रवाह सम्बन्धी करिब १५ सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् ।  

गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ४ सय ४२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा दर्ता भएका हुन् । सबैभन्दा बढी संघीय मामिलातर्फका ३५ दशमलव ९५ प्रतिशत, शिक्षामा १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ७ प्रतिशत उजुरी दर्ता भएको अख्तियारको पोखरा कार्यालयले जनाएको छ । 

त्यसमध्ये ९ सय ७८ उजुरी फर्स्यौट भएका छन् । फर्स्यौट हुन बाँकी ४ सय ६४ उजुरी चालू वर्षमा गरिने जनाइएको छ ।   

विस्तृत अनुसन्धानबाट १ सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको अख्तियार कार्यालय पोखराका प्रमुख सन्तोष तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गैरकानूनी लाभहानीसँग सम्बन्धित छन् । 

अख्तियारले गत वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको छ । तिमल्सिनाले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन लिएपछि गुरुङले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन अख्तियारको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप