गोरीकलाको हत्यारालाई कडा कारबाही गर्न सांसदहरुको माग
पूर्णबहादुर खड्का
सुर्खेत– करिब एक महिनापछि बसेको कर्णाली प्रदेशसभा बैठकमा गोरीकला रोकाया हत्याको विषय चर्काे रुपमा उठेको छ । शुक्रबार बसेको पहिलो अधिवेशनको छैठौँ बैठकमा अधिकांश सांसदहरुले विशेष समयमा बोल्दै सो हत्याकाण्डको वास्तविक छानविन गरी दोषिलाई कडा कारवाही गर्न प्रदेश सरकार संग जोडदार माग गरेका हुन् ।
एसइई परीक्षा दिन कोठा भाडामा बसेकी छात्राको गत मंगलवार बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा प्रहरीले जनताको सेवक प्रहरीका जवानलाई नै पक्राउ गरेको छ । बैठकमा सांसदहरुले घटनामा प्रहरीका जवाननै संलग्न रहेकाले आम नागरिकलाई त्रसित गरेको भन्दै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सासंद पद्मा खड्काले सुर्खेतमा भएको यो घटनाले कर्णालीका महिलाहरु असुरक्षित भएको महशुस गरेको बताइन् ।
‘जनाताको सुरक्षामा खटिएका सुरक्षाकर्मीनै घटनामा संलग्न हुनु निन्दनिय हो ।’ उनले भनिन्,‘ घटनाको सत्यतथ्य छानविन गरेर दोषिलाई कडा भन्दा कडा कारवाही होस् ।’ सांसद सीताकुमारी नेपालीले प्रदेशमा शान्ति–सुरक्षा कमी भएका कारण घटना भइरहेको दुखेसो पोखिन् ।
गोरीकलाको घटना हुनु र प्रहरीकै संलग्नता हुनुले सुरक्षा व्यवस्था माथि प्रश्न उठ्न सक्ने बताइन् । यस्ता घटना न्युनीकरण गर्न शान्ति सुरक्षा कमी भएको महशुस कर्णालीका नागरिकले गरेको बताइन् । त्यस्तै, सांसद विन्दमान विष्टले घटनाको प्रति ध्यानाकर्षण भएको भन्दै सभामुखमार्फत प्रदेश सरकारको ध्यान केन्द्रित गरेका छन् ।
सरकारले घटनामा संलग्न दोषिलाई छिटो भन्दा छिटो सार्वजनिक गरी कारवाहि गर्नुपर्ने उनको भनाई छ । जनताको शान्ति सुरक्षामा प्रदेश सरका गम्भिर भएर लाग्नु पर्ने उनको तर्क थियो । प्रदेशको सामाजिक सुरक्षा लागि जनताको सुरक्षाका लागि प्रदेश सरकारले वृहत योजना बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण