हिमालयन बैंकद्वारा काठमाडौँ प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको इन्स्टा ३६० चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे ।
उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धकसमीर आचार्यको पनि उपस्थिति रहेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण