स्थानीय तहका कर्मचारीहरुको माग अविलम्व पूरा गरियोस्ः सांसद थापा
नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताएका हुन् । उनले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गरे । उनले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको पनि बताए । उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकार समयमै गम्भिर हुन नसक्दा र नागरिकहरुको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहिन र प्रचारमुखि कार्यमा सिमित रह्यो । अहिले केही पहलकदमी लिएको छ । हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु । स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमती र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण