बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहका कर्मचारीहरुको माग अविलम्व पूरा गरियोस्ः सांसद थापा

बिहीबार, २५ असोज २०८०, १५ : २४
बिहीबार, २५ असोज २०८०

नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गरेका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताएका हुन् । उनले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गरे । उनले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको पनि बताए । उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकार समयमै गम्भिर हुन नसक्दा र नागरिकहरुको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहिन र प्रचारमुखि कार्यमा सिमित रह्यो । अहिले केही पहलकदमी लिएको छ । हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु । स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमती र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप