एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ । विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो ।
जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ ।
शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ। त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छुट्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण