शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

एमाले मधेस प्रदेश अधिवेशन : अध्यक्षसहित ५ पदाधिकारीमा सहमति जुटाउने प्रयास

बिहीबार, २५ असोज २०८०, २० : १३
बिहीबार, २५ असोज २०८०

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अध्यक्ष चन्देश्वर मण्डललाई बनाउने गरि लगभग सहमति जुटाउने प्रयास भएको छ । अध्यक्षमा मण्डललाई बनाउनेगरी सहमति जुटाउने प्रयास भइरहेको सो पार्टी निकट श्रोतले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ प्यानलका मण्डलको नाममा सहमति टुंगो लगाउने बताइएको छ । मण्डल सिरहाका वर्तमान जिल्ला अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा पर्साका बिचारी यादव र सचिवमा शिवशंकर साहमा सहमति जुटाउने प्रयास भइरहेको श्रोतले जानकारी दियो। उनी पार्टीको केन्द्रीय सचिव रघुवीर महासेठ निकट रहेको मानिन्छ ।

हिरा वर्तमान प्रदेश कमिटी सचिवालय सदस्य हुन् । महिला उपसचिवमा आरती भण्डारी र पुरुष उपसचिवमा मोहम्मद कैसमा सहमति जुट्ने श्रोतले बताएको छ । कैस पनि वर्तमान प्रदेश कमिटी सचिवालय सदस्य हुन् । यसरी हेर्दा मधेसमा महासेठ पक्षधर कमजोर देखिएको छ । महासेठले सचिव र उपसचिवमा चित्त बुझाएका हुन् ।

उपाध्यक्ष भण्डारीसमेत पार्टीको शीर्ष नेताकै निर्देशनमा उपसचिव भएकी छन् । बिचारी यादवलाई जातीय समीकरण मिलाउन समेटिएको बुझिएको छ । उनी एमाले नेता सरोजकुमार यादव निकट रहेको बताइन्छ ।

एमाले निकट श्रोतका अनुसार अहिले अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सम्भावना अन्तिम चरणमा पुगेको छ । श्रोत भन्छ– ‘अहिले उनीहरुको नाम सार्वजनिक भयो भने होहल्ला हुने भएकाले नाम सार्वजनिक गरेको छैन । उनीहरुको नाम मध्यरातमा सार्वजनिक गरिन्छ’ श्रोतले भन्यो । 

उता अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सहमति टुंगिएसँगै पार्टी निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमा दाबीविरोधपछि बिहीबार साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । 

त्यस्तै बिहीबार बेलुका ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने कार्यतालिका छ । २६ गते शुक्रबार ११ बजदेखि मतदान गर्ने समय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप