आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

इजरायलबाट उद्धार गरिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

शुक्रबार, २६ असोज २०८०, ०३ : ०५
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए ।  इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपालीलाई लिएर  फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो । 

 निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो । 

विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका  विद्यार्थीहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप