समाचार
इजरायलबाट उद्धार गरिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
शुक्रबार, २६ असोज २०८०, ०३ : ०५
काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए । इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपालीलाई लिएर फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो ।
निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो ।
विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण