काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी* (सच्याइएको) पनि ।
यस्तै विमानस्थलमा ‘रिसिभ’ गर्न आइपुगेका आफन्त भेट्दा कतिपय भक्कानिए भने कतिपयले एकअर्कालाई अँगालो हालेर आत्मीयता प्रकट गरे । शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो ।
_rpOmPYpwRz.jpg)
प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरीसहित २५४ नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।
_Puul8BqiSa.jpg)
परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने बताए ।
_JPnGotpTU0.jpg)
उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।
_JIXUkhe3GK.jpg)
इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, सहपाठी साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको पनि उनले बताइन् । अन्य विद्यार्थीहरुले पनि उस्तै प्रतिक्रिया दिए ।
_L7KN00Nqp8.jpg)
_WB4LAuPzcB.jpg)
_QQd4QUQ88v.jpg)
_MIJwgGgHcg.jpg)
_n3P7iwMdsM.jpg)
_su8yKzr0G4.jpg)
_PdIjFCC0oH.jpg)
_VP4pGPfieW.jpg)
_99fkp0HqMh.jpg)
_suQyMptPrd.jpg)
_35VPbJFPy7.jpg)
_DwLiFzEgU3.jpg)
_oKUODawGOL.jpg)
_3fMklZsCcJ.jpg)
_yiar3JKGN2.jpg)
_Yp9iI1S6EW.jpg)
_goUgwoRSYI.jpg)
_OxbPUdPW3W.jpg)
_NLZOmensux.jpg)
_33Vvg0ssGn.jpg)
_EGtFKHiwZn.jpg)
_rBFX7xtRXE.jpg)
_6phbrhLuFf.jpg)
प्रतिक्रिया