शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
इजरायलबाट विद्यार्थीहरू स्वदेश फर्किँदा विमानस्थलमा खुसी र आँसु सँगसँगै (तस्बिरहरू)
विमानस्थलको दृश्य

इजरायलबाट विद्यार्थीहरू स्वदेश फर्किँदा विमानस्थलमा खुसी र आँसु सँगसँगै (तस्बिरहरू)

शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी* (सच्याइएको) पनि । 

यस्तै विमानस्थलमा ‘रिसिभ’ गर्न आइपुगेका आफन्त भेट्दा कतिपय भक्कानिए भने कतिपयले एकअर्कालाई अँगालो हालेर आत्मीयता प्रकट गरे । शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो । 

uddar israel (3)

प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरीसहित २५४ नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । 

uddar israel (9)

परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने बताए । 

uddar israel (6)

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् । 

uddar israel (12)

इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, सहपाठी साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको पनि उनले बताइन् । अन्य विद्यार्थीहरुले पनि उस्तै प्रतिक्रिया दिए । 

uddar israel (1)uddar israel (2)uddar israel (4)uddar israel (5)uddar israel (7)uddar israel (8)uddar israel (10)uddar israel (11)uddar israel (21)uddar israel (22)uddar israel (23)uddar israel (24)uddar israel (25)uddar israel (26)uddar israel (27)uddar israel (13)uddar israel (14)uddar israel (15)uddar israel (16)uddar israel (17)uddar israel (18)uddar israel (19)uddar israel (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया