पूर्व नगरप्रमुख पौडेलको निधनमा जीतपुरसिमरामा आज शोक बिदा
शुक्रबार, २६ असोज २०८०, ०९ : ४२
बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख डा कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज शोक बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रथम नगरप्रमुख पौडेल समाजसेवी तथा सहकारी अभियन्ता समेत हुन् ।
घरमा कोही नभएको अवस्थामा पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए । उनको शव हाल पोष्ट्रमार्टनका लागि वीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पताल लगिएको छ । पौडेल नेकपा एमालेका मधेस प्रदेशका सचिव हुन् ।
पौडेलको निधनमा जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले शुक्रवार बिहान विज्ञप्ति जारी गरेर पौडेलको निधनमा उपमहानगरभित्र शोक बिदा दिने निर्णय भएको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण