शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव पारित

शुक्रबार, २६ असोज २०८०, १४ : ३१
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । राष्ट्रियसभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रियसभाको शुक्रवारको बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयार्थ पेश गर्दै भने, ‘माननीय सदस्यहरु, अब म अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्दछु ।’

नेपाली कांग्रेसका सांसद पन्थले प्रस्तुत गरेकाे सो संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धन गर्ने काममा सरकार गम्भिर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप