राष्ट्रियसभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव पारित
काठमाडौँ । राष्ट्रियसभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रियसभाको शुक्रवारको बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव निर्णयार्थ पेश गर्दै भने, ‘माननीय सदस्यहरु, अब म अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दछु । अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गर्दछु ।’
नेपाली कांग्रेसका सांसद पन्थले प्रस्तुत गरेकाे सो संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धन गर्ने काममा सरकार गम्भिर नभएको आरोप लगाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण