शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

शनिबार, १७ चैत २०७४, ०९ : १५
शनिबार, १७ चैत २०७४

कालीकोट - कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताएका छन् । 

रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुगेका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताए । 

कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उनले भने, “कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।” 

अर्को प्रसंगमा उनले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गरे । 

कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खांँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचालझरनाको प्रचारका लागि काम गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप