प्रभाव पार्न सक्ने खेलाडी – हसन अली (पाकिस्तान)
काठमाडौँ । पाकिस्तानका स्ट्राइक बलर मानिएका शाहीन शाह अफ्रिदीले सुरुवाती दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला बलिङको कमान्ड हसन अलीले सम्हालिरहेका छन् ।
अलीले सुरुवाती दुई खेलबाट ६ विकेट लिँदै विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । २९ वर्षीय अलीले सन् २०१६ मा आयरल्याण्डविरुद्ध पाकिस्तानका लागि एकदिवसीयमा डेब्यू गरेका हुन् ।
त्यसपछि सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा उनले सहभागिता जनाएका थिए । पाकिस्तानलाई पहिलोपटक उक्त उपाधि दिलाउन सर्वाधिक १३ विकेट लिएका उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले गोल्डन बल पनि हात पारे ।
सन् २०१७ मा उनी पाकिस्तानका लागि सबैभन्दा चाँडो ५० विकेट लिने खेलाडी पनि बने । उनी सोही महिना आईसीसीको बलरहरूको वरीयताको शीर्ष स्थानमा पुगेका थिए । डेब्यू गरेको मात्र ४२६ दिनमा उनले सो उपलब्धि हासिल गरेका थिए ।
अलीले एकदिवसीयमा ६२ खेलबाट ९७ विकेट लिइसकेका छन् । ३४ रन दिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । टेस्ट क्रिकेटमा उनले २२ खेलबाट ७८ विकेट लिएका छन् भने टी–२० उनले ५० खेलबाट ६० विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण