आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार, २८ असोज २०८०, १० : १५
आइतबार, २८ असोज २०८०

काठमाडौं । नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो । महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप