सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको सामाजिक सदभावमा आँच ल्याउने प्रयास भैरहेकोले सचेत रहन आग्रह गरेका छन् । उनले बहुसांस्कृतिक, बहुभाषिक मुलुकमा अहिलेसम्मको मिलाप भत्काउन लागिएको बताए ।
‘जुनसुकै भाषा बोलेपनि, चाड मानेपनि हामीसँग सामाजिक सदभाव छ । चाडबाडलाई कसैले विभेदकारी रूपमा हेरिएको छैन,’ उनले भने, ‘आजभोलि सामाजिक सदभाव भड्काउने प्रयास भइरहेको छ । सदियौंदखिको मिलनलाई भत्काउने र अराजकता सिर्जना गर्ने प्रयास गरिएको छ । सदभावलाई अटुट र अक्षुण्ण राख्नुपर्छ ।’ उनले धरान, नेपालगन्ज लगायत क्षेत्रमा दङ्गा बढ्नुमा कुनै पक्षको अदृश्य स्वार्थ रहेको बताए ।
गोरखा मिलन समाज पोखराको चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले अनुत्पादक क्षेत्रमा सरकारले खर्च नगर्ने बताए । ‘गाउँ गाउँमा सामुदायिक भवन बनेका छन् । तर वर्षमा २–४ दिनभन्दा प्रयोग हुँदैन,’ उनले भने, ‘समुदायमा एउटा भवन ठिकै हो । तर जात, समूह र धर्मको आधारमा भवन बनाउने क्रम छ । यो राम्रो होइन । यसलाई रोक्नुपर्छ ।’
उनले शक्ति गोरखामा केन्द्रित भएको भन्दै यो कार्यकालमा धेरै विकास हुने नागरिकको आकांक्षा रहेको बताएका छन् । ‘अहिले नभएको विकास कहिले हुन्छ भन्ने भाष्य बनेको छ । प्रधानमन्त्री, मुख्यमन्त्री देखि गृहमन्त्री समेत गोरखाको हुँदा यो सोच्नु स्वाभाविक पनि हो । यसले हामीलाई प्रेसर बढेको छ,’ पाण्डेले थपे, ‘विगतभन्दा यो वर्ष विकासको बजेट बढेको छ ।
११ वटै जिल्लामा मेरो दायित्व छ । तर आफ्नो जन्मथलो ४ वर्ष सरकारमा रहिरहे भने गोरखाको मुख्य मुख्य पूर्वाधार निर्माण गरिछाड्छु ।’ पाण्डेले जन्मभूमिका लागि केही योगदान गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण