स्वेच्छाचारी ढंगबाट हवाई भाडा बढाएकोप्रति नेविसंघको आपत्ति

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वेच्छाचारी ढंगबाट हवाईभाडा बढाएकोप्रति आपत्ति जनाएको छ । चाडपर्वको मौका छोपेर हवाई भाडामा मनपरीढंगबाट बृद्धि गरिएको प्रति नेविसंघले आपत्ति जनाएको हो ।
उक्त कार्य नियन्त्रणमा लिएर यात्रुहरूलाई सहज र सर्वसुलभ तरिकाले हवाई यात्रा गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै हवाई टिकटको मूल्य नियन्त्रण गर्न माग गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाले मन्त्री सुदन किरातीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्वेच्छाचारी ढंगले हवाई टिकट मूल्य निर्धारण गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न भनेका हुन् ।
तत्काल उक्त जनता विरोधी कार्यको अनुगमन गर्दै सूक्ष्म निगरानी समेत गर्न नेविसंघले माग गरेको छ ।
देशका केही हिमाली जिल्लाहरू सम्म पुग्न हवाई यातायात मात्र विकल्पको रुपमा रहेको तर सरोकारवालाको अकर्मण्यताका कारण आम सर्वसाधारण हप्तौं दिन सम्म विमानस्थल धाउनुपर्ने परिस्थिति अन्त्य गर्न समेत नेविसंघले माग गरेको छ । त्यसका लागि चाडबाडका हिमाली तथा दुर्गम जिल्लामा आवश्यकता अनुसार हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन समेत माग गरिएको छ ।
आम सर्वसाधारणले भोग्नु परेका समस्या समाधान गर्न मन्त्रालय स्तरमा र अन्तर्गतका निकायहरूले अविलम्ब ठोस निर्णय गर्न नेविसंघले माग गरेको छ ।
त्यस्तो नगरेको खण्डमा आम नेपाली जनताले चाडपर्व हर्ष उल्लासका साथ मनाउन पाउनुपर्ने अधिकारबाट वञ्चित हुने नेविसंघको भनाई छ ।
हवाई सुरक्षालाई समेत मध्यनजर गर्दै हवाई यातायातको भाडामा भएको अनियमितता रोक्न, हवाईजहाजको टिकटमा सबैको समान पहुँच हुने गरि व्यवस्था मिलाउन, हवाई टिकटको भाडामा एकरूपता कायम गर्न, विद्यार्थीहरुलाई हवाई जहाजको टिकटमा सहुलियत प्रधान गर्न र नियमित हवाई यातायात सञ्चालन गर्न नेविसंघले माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती
-
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु