खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खेलाडीहरू नेपालीका लागि गौरव भएको बताए।
- मन्त्रीले खेलाडीहरूले देशलाई एकताबद्ध बनाउन सक्ने र नागरिकको इज्जत बढाउने बताए।
- मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताएका छन् । काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खेलाडीले गौरव गर्ने गरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताए । उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीहरू खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गरे । मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताए ।
उनले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राखे । उनले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकता समेत प्रस्तुत गर्ने बताए ।
उनले भने, ‘विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुन्छन् । आम युवालाई प्रतिस्पर्धाको पद्धति विधिवत् ढङ्गबाट अभ्यास गर्न खेलकुदले सिकाउँछ । समाज जोड्ने काम खेलकुदले गर्छ । राष्ट्रिय एकता प्रस्तुत गर्ने काम खेलकुदले गर्छ । नागरिकलाई एकै ठाउँमा गौरव गर्ने गरी खेलाडीले नागरिकलाई जोड्न सक्नुहुन्छ ।’
उनले भने, ‘नेपालको खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुभएको छ र खेलिरहनुभएको छ भने त्या लाइभ अवधि भरी आँखा नझिम्काई हामी नेपालीले हेरिरहेका हुन्छौँ । तपाईंहरूले गोल हान्न लाग्नुभयो भने हामी यहाँ उफ्रिरहेका हुन्छौँ । तपाईंसँग कुनै नाता त पर्दैन, निजी सम्बन्ध त केही छैन तर देशको सम्बन्ध छ । तपाईंले जित्दा मेरो इज्जत बढ्छ भन्ने मलाई लाग्छ । त्यसैले तपाईं त्यो गौरव दिने पात्र हुनुहुन्छ ।’
उनले खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण