म्याग्दीका छ वटा सडक कालोपत्र हुने
म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्ला छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छवटा योजना छनोट गरिएको जनाएको छ ।
उक्त मन्त्रालयका मन्त्री रेशमबहादुर जुग्जालीले चालु आर्थिक वर्षभित्रै बहुवर्षीय ठेक्का आह्वान र सम्झौता गरी निर्माणको काम सुरु गरिने जानकारी दिए । “बहुवर्षीय ठेक्का लगाउन योजना छनोट गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकिएको छ,” उनले भने, “म्याग्दीका छ वटा नयाँ सडक कालोपत्र र स्तरोन्नति गर्ने काम यसै वर्षदेखि सुरु हुन्छ ।”
चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटलाई कूल अनुमानित लागतको बीस प्रतिशत मानेर स्रोत सुनिश्चित र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनका लागि तयारी गरिएको मन्त्री जुग्जालीले जानकारी दिए ।
रु पाँच करोड बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई रु २५ करोड, रु चार/चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी जोड्ने सडकलाई रु बीस/बीस करोडको स्रोत सुनिश्चित गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ ।
रु दुई/दुई करोड बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरजा सडकका लागि पनि रु दश/दश करोड बजेट सुनिश्चित गरिएको मन्त्री जुग्जालीले बताए । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, सङ्घीय सरकार र गाउँपालिकाले रु दुई/दुई करोड बजेट विनियोजन गरेका छन् । विस २०५४ देखि सडक सञ्जालमा जोडिएको जिल्लाभर हालसम्म करिब ४० किलोमिटर सडक छ । जिल्लाका ६८ वटा सडक, तीन वटा झोलङ्गे पुल र सात वटा सडक पुलसम्बन्धी आयोजनाका लागि चालु आर्थिक वर्षमा रु ७३ करोड बजेट विनियोजन भएको प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए ।
“सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नितिमा लगानी हुन्छ,” उनले भने, “तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउने बाहेक सबै नयाँ सडकका लागि आयोजना भित्रिएका छन् ।”
पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, पहिले तयार भएका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को पुनरावलोकन सकेर ठेक्कामार्फत कार्यान्वयनका तयारी गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण