विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल
काठमाडौँ। इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। उनको खोजीका लागि सरकार अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग माग गरेको छ। यसका लागि हमासलाई सहयोग गर्दै आएका देशहरूसँग छलफल थालिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेशमन्त्रीसँग टेलिफोन कुरा गरेका छन् । कतारी विदेशमन्त्रीसँग टेलिफोन कुरा भएको विषयमा परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर, कतारका संचारमाध्यमहरूले नेपाल र कतारका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको उल्लेख गरेका छन्।
टेलिफोन सम्पर्कमा जोशीको खोजीका लागि गाजास्थित हमास समूहसँग पहल गरिदिन अनुरोध गरेको कतारी संचारमाध्यमहरूले जनाएका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले अरब देशरूसँग समेत जोशीको खोजीका लागि पहल भइरहेको बताएका थिए ।
गत शनिबार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन्।
उनी हमास समूहको नियन्त्रणमा रहेको आशंका गर्दै सरकारले सोही आधारमा पहल थालेको हो । कतारका विदेशमन्त्रीसँग हमास समूहको नियन्त्रणमा रहे नरहेकोबारे जानकारीका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण