सरकारद्वारा दुई जना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, वंशजको नागरिकतामा लबिङ
काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बिच आचार्यलाई पहिलो नागरिकता प्रदान गरियो । यस्तै दोस्रो गैरआवासीय नागरिकताका रुपमा केसीलाई प्रदान गरियो ।
संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ ।
संघका अध्यक्ष कुल आचार्यले संसदबाट दुई दुई पटक पारित भएपनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणित गर्ने काम राष्ट्रपतिले गरेको भन्दै प्रशंसा गरे । सो क्रममा सहभागीहरूले पनि ताली बजाएर राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।
‘संसदबाटबाट पारित भएको तर अनुमोदन हुन नसकेको विधेयक आफू निर्वाचित हुनासाथ अनुमोदन गरेकोमा राष्ट्रपतिज्यूलाई आभार प्रकट गर्दछु’, आचार्यले भने, ‘मैले र बद्री केसीले गैरआवासीय नागरिकता ग्रहण गरेका छौँ । यो अवसरका लागि सरकारलाई धन्यवाद ।’
बिना कुनै ढिलाइ अब अरू एनआरएनएले पनि एनआरएनए नागरिकता पाउने विश्वास आफूहरूले लिएको उनको भनाइ छ । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि प्रयास जारी राख्ने पनि बताए । आचार्यले एनआरएनए नेपालको समृद्धिको सच्चा साझेदार हुन चाहेको पनि दाबी गरे । उनले सरकारले गैरआवासीय नागरिकता प्रदान गरिसकेको उल्लेख गर्दै नेपालमा लगानी गरेर देश निर्माणमा भूमिका खेल्न पनि सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण