न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित
काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । मंगलबार कार्की ब्याङ्क्वेटमा भएको साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो ।
समाजको कार्यसमिति सदस्यहरुको पदावधि दुई वर्षको हुने भएपनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए । त्यसपछि भएको साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् ।
सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण