काठमाडौँका ४ वटा सडकमा एकतर्फी नियम लागू
_ld39nIOIGD.jpg)
काठमाडौँ । काठमाडौँका ४ वटा सडकमा आजबाट एकतर्फी सवारी चल्न दिने निर्णय गरिएको छ । काठमाडौँ महानगरपालिका स्थित दरबारमार्गमा रहेको महेन्द्र्र शालिकाबाट कृष्ण पाउरोटी निस्किने सडक, त्रिपुरेश्वरबाट ललितपुरको गुर्सिङ्गालतर्फ जाने र आउने चारवटा बाटो ‘वान वे’ एकतर्फी कायम गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
दरबारमार्गस्थित महेन्द्र्र शालिकबाट सवारी–साधन कृष्ण पाउरोटी मोडतर्फ जान पाउँछन् । तर, कृष्ण पाउरोटी मोडबाट महेन्द्र्र शालिकतर्फ आउन रोक लगाइएको छ । कमलादी मोड र घण्टाघर बीचको सडकमा कमलादीबाट घण्टाघरतर्फ सवारी साधान आउन पाउँछन् । तर, घण्टघरबाट कमलादीतर्फ चल्न नदिनेगरी एकतर्फ गरिएको एसएसपी भट्टले जानकारी दिए ।
त्रिपुरेश्वरचोकस्थित राहदानी विभाग नजिकै विश्वनिकेतन स्कुलबाट गुर्सिङ्गगल (सेतोपुल) तिर सवारी जान पाउँछन् । तर, तर गुर्सिङ्गगलबाट राहदानी विभागतर्फको मुल सडकमा निस्कन नपाउने नियम लागू गरिएको छ । एसएसपी भट्ट भन्छन्– ‘गुर्सिङ्गगलबाट त्रिपुरेश्वरको मुल सडकमा आउन चाहने सवारी नयाँ पुल हुँदै टेकु नजिँकै रहेको यामाहा सोरुममा निस्कनुपर्छ ।’
सडक साँघुरो भएको हुनाले जाम व्यवस्थापन गर्न एकतर्फी नियम लागु गरिएको एसएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
-
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग