कप्तान रोहित र दीपेन्द्रको उत्कृष्ट साझेदारीपछि नेपालको सुखद सुरुआत
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।
काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरे ।
कप्तान पौडेल र दीपेन्द्रले टोलीका लागि ९३ रनको साझेदारी गरेका थिए । रोहितले केवल ४० बलको सामना गरी पाँच चौका हिर्काएका थिए । दीपेन्द्रले भने केवल २३ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए ।
_frU9lD1bO3.jpg)
त्यसअघि नेपालले ५१ रनको कुल स्कोरमै आफ्नो तीन विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भएका थिए ।
उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २४ रन बनाएको थियो । उनलाई यूएईका बलर निलान्स केशवानीले अली नासिरद्वारा क्याच गराएका थिए । दोस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल ११ रन बनाउँदै आउट भएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले नौ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।
उनी आउट हुँदा नेपालले सात ओभरमा दुई विकेट गुमाएर ४५ रन बनाएको थियो । नेपालको तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेख २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले आउट हुनुअघि २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट अली नासिरले लिएका थिए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ५१ रन बनाएको थियो ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो । यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरेका थिए ।
पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरेका थिए । छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाएका थिए । उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । यूएईले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।
_Wb7P9LRmEd.jpg)
नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिएका थिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । गुल्सन झाले पनि दुई विकेट हात पारेका थिए । उनले तीन ओभरमा ११ रन खर्चिए ।
सोमपाल कामी र अविनाष बोहराले एक—एक विकेट लिएका थिए । सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्काएका थिए ।
सोमपालले खालिदलाई आफ्ना कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको थियो ।
_AUZsYYhNVH.jpg)
यूएईको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३.१ ओभरमा गुमाएको थियो ।
यसैगरी यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । ६.१ ओभरमा ओपनर ब्याट्सम्यान वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।
यूएईको चौथो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् ।
आसिफले १२ बलमा दुई चौका हिर्काएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । ८.४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको थियो ।
_KRcHHj7Yhs.jpg)
यसैगरी यूएईको पाँचौँ विकेट करण केसीले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काए ।
यसैगरी यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । फराजुद्दिनलाई उनले आिसफ शेखद्वारा क्याच गराएका थिए ।
_w3v0iNWxZ4.jpg)
यूएईको सातौँ विकेट भने अविनाष बोहराले लिएका हुन् । उनले यूएईका बासिल हमिदलाई ५१ रनमा आउट गराए । हमिदको क्याच पनि आशिफ शेखले लिए । हमिदले ३८ बलमा चार छक्का र एक चौका हिर्काएका थिए । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङ्कङसँग खेल्नेछ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_6oQpZBa5EF.jpg)
_aiTe4qAdLN.jpg)
_zEmuKbYs9G.jpg)
_OHMnen8deu.jpg)
_pt8677yHiq.jpg)
_mFSigM4w3d.jpg)
_0PHx6yLIen.jpg)
_zoXLYfEDUV.jpg)
_18ogXgyD9s.jpg)
_AEDGzJO0Ms.jpg)
_q7NUPOkjS9.jpg)
_MH8nTTEZk3.jpg)
_YVV21tYFQ5.jpg)
_rJ4yFdoR6e.jpg)
_w6psKfPOuO.jpg)
_DmMkmUgY35.jpg)
_Pz3424gjue.jpg)
_pnWtpJuQFs.jpg)
_gFDiSOZrJf.jpg)
_ssj1xasyxm.jpg)
_TgFkmUCtk5.jpg)
_egjXrvZAKx.jpg)
_1x2lFx2jBM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण