पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा
बिहीबार, ०२ कात्तिक २०८०, १५ : ४४
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन् । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन् ।
उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिषेक कार्यक्रम गरिँदै आएको छ ।
अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरु दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण