एक्सले दुई नयाँ प्रिमियम सब्सक्रिप्सन ल्याउँदै
शुक्रबार, ०३ कात्तिक २०८०, १४ : १२
अमेरिका । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले छिटै नै दुई ओटा नयाँ प्रिमियम सब्सक्रिप्सन लञ्च गर्ने भएको छ ।
शुक्रबार ट्विट पोष्टमा कम्पनीका मालिक एलन मस्कले यसको घोषणा गरेका हुन् । एउटा सब्सक्रिप्सन कम मूल्यको सबै फिचरयुक्त हुनेछ । यसमा विज्ञापन हुनेछ । अर्कोको सब्सक्रिप्सन फि केही महँगो हुने अनि यो विज्ञापनरहित हुने बताइएको छ । ट्विटमा मस्कले दुबै प्रिमियम सब्सक्रिप्सनको शुल्क खुलाएका छैनन् । न त यसको लञ्च डेटबारे नै कुनै संकेत गरेका छन् ।
एक्सले मंगलबार मात्रै न्यूजिल्यान्ड र फिलिपिन्सका लागि वार्षिक १ डलरको सब्सक्रिप्सन सेवा शुरु गरेका थियो । यस अघि भने अहिलेको मासिक ८ डलरको प्रिमियम सब्सक्रिप्सनलाई तीन फरक फरक योजनामा एक्सले टुक्र्याउन सक्ने भन्दै समाचारहरू आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण