चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो, शव आइतबार काठमाडौँ आइपुग्ने
काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले बताइन् । जुन शव नेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने छ ।

ईजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ । साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।
गत अक्टोबर ७ मा हमासकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्युु भएकाे थियाे। उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएकामा एक जना नेपाल फर्किसकेका छन्। तीन जना भने हाल इजरायलमै छन्।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण