जनकपुरधाममा दसैँको विशेष रौनक, बेहुलीझैँ सिँगारिए शक्तिपिठहरु
जनकपुरधाम । जनकपुरधाममा दसैँको विशेष रौनक छाएको छ । दसैँ सुरु भए लगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । शक्तिपीठहरुमा फूलैफूलको स्वागत द्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरूले सौन्दर्यलाई झनै भव्य बनाएको छ ।
यहाँका प्रमुख शक्तिपीठ र मन्दिरहरूलाई बेहुलीझैँ सिँगारिएपछि चहलपहल ह्वातै बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरु पनि झकिझकाउ बनाइएका छन् ।
_cWYqKQitIE.jpg)
साँझ पर्ने बित्तिकै दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरूमा पूजापाठ गर्ने दीप प्रज्वलन गर्ने महिलाहरूको भीड लागेको छ । युवा क्लबहरूले लाखौँ खर्चिएर मन्दिरलाई झकिझकाउ पारेकाले पूजापाठ गर्नेभन्दा घुम्न आउनेहरूको सङ्ख्या अधिक देखिन्छ ।
जनकपुरधामसहित गाउँ गाउँमा विभिन्न ठाउँमा माटोको प्रतिमासहितको मूर्ति बनाएर पूजा गरिन्छ । मूर्ति राख्न ठाउँ ठाउँमा विशाल पण्डाल बनाइएको छ र जताततै रङ्गीचङ्गी सडक बत्ती जडान गरिएको छ, जुन आकर्षक र मनमोहक दृश्य सर्वसाधारणलाई आकर्षित गरेको छ ।
_ZjCeFx2rEO.jpg)
जनकपुरधामस्थित रहेको राजदेवी मन्दिरमा दसैँमा विशेष मेला लाग्छ । यहाँ मधेसमै सबभन्दा बढी बोकाको बलि पनि चढ्ने गरेको छ । दसैँ मेला भर्न यहाँ गाउँ गाउँबाट मानिसहरू उर्लिने गर्छन् ।
श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको र भीडलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाएको छ ।
_7g5K364mQP.jpg)
झिझियामय बन्यो जनकपुरधाम
जनकपुरधामस्थित रेल्वे स्टेशन प्राङ्गण झिझियामय बनेको छ । नव मिथिला फाउन्डेसनले आयोजना गरेको जनकपुर झिझिया फेस्टिभलले जनकपुरधामलाई झिझियामय बनाएको हो ।
लोक नृत्यसहितको प्रस्तुतिले दर्शकहरूलाई प्रफुल्लित बनायो । लोप हुँदै गएको यो लोक नृत्य हेर्न ठुलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको छ । मिथिला संस्कृतिलाई झल्काउने रंगीबिरंगी पोसाक लगाएर जनकपुरधामसहितका टोलीहरूले झिझिया नृत्य प्रदर्शन गरे ।
_mJUkX3lYm0.jpg)
_mJWkgW3ju9.jpg)
_dN8q01czZa.jpg)
_kjvXln7FvK.jpg)
_ag99cQ1lCs.jpg)
_N2WOZpBxOr.jpg)
_moEHdMDwei.jpg)
_yIpa6EC11h.jpg)
_rsAkXMjnRE.jpg)
_gxGulo6peC.jpg)
_D851my0ti3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण