बद्रीलाई अध्यक्षको शपथ गराइएसँगै असन्तुष्ट समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसीलाई शपथ गराइएपछि असन्तुष्ट पक्ष आक्रोशित बनेको छ । निर्वाचनमा सिस्टम ह्याक गरेर केसी विजयी भएको र समग्र निर्वाचन नै हेरफेर गरेको अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठको आरोप छ ।
उनीहरुले निर्वाचनको परिणाम अस्वीकार गर्ने घोषणा गरेपनि केसीसहित सम्पूर्ण कार्यसमितिलाई शपथ दिलाइएसँगै श्रेष्ठ र शर्मा समूहले राजधानीको होटल हिमालयमा शनिबार साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो ।
अध्यक्षका प्रत्यासी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । ‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरित हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने ।
शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण