पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला
पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुकमा स्थानीय क्युप्चे बराह युवा क्लबले लान्द्रुक दसैँ मेला गर्न लागेको हो ।
कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गरी गाउँको विकासका लागि मेला आयोजना गरिएको हो ।
मेलामा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता हुनेछ । यस्तै, सांस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैँटो फुटाई, म्युजिकल चियर, बेलुन फुटाई प्रतियोगिता पनि हुने बताइएको छ । पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फ पहिलो हुनेले २० हजार र दोस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् ।
प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितीय हुनेले २ वटा भाले पाउने प्रतियोगिता संयोजक विनायक गुरुङले जानकारी दिए । रस्साकस्सी प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछ ।
क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेको थियो । यो वर्ष पनि हनी हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण