आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला

आइतबार, ०५ कात्तिक २०८०, ११ : ५०
आइतबार, ०५ कात्तिक २०८०

पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुकमा स्थानीय क्युप्चे बराह युवा क्लबले लान्द्रुक दसैँ मेला गर्न लागेको हो । 

कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गरी गाउँको विकासका लागि मेला आयोजना गरिएको हो । 

मेलामा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता हुनेछ । यस्तै, सांस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैँटो फुटाई, म्युजिकल चियर, बेलुन फुटाई प्रतियोगिता पनि हुने बताइएको छ । पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फ पहिलो हुनेले २० हजार र दोस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । 

प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितीय हुनेले २ वटा भाले पाउने प्रतियोगिता संयोजक विनायक गुरुङले जानकारी दिए । रस्साकस्सी प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछ । 

क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेको थियो । यो वर्ष पनि हन हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप