शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा पुनः भूकम्पको धक्का

आइतबार, ०५ कात्तिक २०८०, १७ : ३७
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँमा पुनः भूकम्पको धक्का महसुस भएको छ । साँझ साढे ५ बजे आसपास लगातार दुईपटक धक्का महसुस भएको थियो ।

आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान  ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप