शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न शक्तिपिठको दर्शनमा राष्ट्रपति, तस्बिरहरु

आइतबार, ०५ कात्तिक २०८०, १९ : ३९
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपिठमा दर्शनका क्रममा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे ।

rastrapati shaktipith (1)

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्परा अनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए ।

राष्ट्रपति पौडेल शक्तिपिठमा दर्शन गर्नका लागि पुग्दा स्थानीयहरूले स्वागत गरेका थिए ।

rastrapati shaktipith (2)

बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो । त्यसैगरी, राजधानी बाहिरका महत्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ ।

rastrapati shaktipith (3)rastrapati shaktipith (4)rastrapati shaktipith (5)rastrapati shaktipith (6)rastrapati shaktipith (8)rastrapati shaktipith (9)rastrapati shaktipith (10)rastrapati shaktipith (11)rastrapati shaktipith (12)rastrapati shaktipith (13)rastrapati shaktipith (14)rastrapati shaktipith (15)rastrapati shaktipith (16)rastrapati shaktipith (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप