बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत

सोमबार, ०६ कात्तिक २०८०, ११ : ०५
सोमबार, ०६ कात्तिक २०८०

कुश्मा । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित कुस्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।  

कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ ।  कार्कीका अनुसार मन्त्री बस्नेतले परिवारसहित क्लिफमा एक रात बिताएका थिए । शनिबार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किएका हुन् ।    

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।  

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइकल, वाल क्लाइम्बिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ लगायत गतिविधि सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप