मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

मङ्गलबार, ०७ कात्तिक २०८०, ०६ : १३
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समाजलाई सभ्य, शान्तिपूर्ण, मावनतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनले जनतामा पलायको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताए । 

अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रुपमा उल्लेख गरेको बताए । सामाजिक, सांस्कृतिक,  चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रुपमा रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप