शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लगानी गर्नुहोस्, सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ : मुख्यमन्त्री शाही

आइतबार, १८ चैत २०७४, १४ : ४०
आइतबार, १८ चैत २०७४

सुर्खेत -कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने वताएका छन् । लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति वनाउने उनको  भनाई छ । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले लगानी कर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले भने, ‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिन्छ, तपाईहरुले ढुक्कले लगानी गर्नुहोस् ।’

ठूलो स्तरको लगानी विना विकास असम्भव भएको भन्दै उनले लगानीमैत्री वातावरण वनाइने प्रतिवद्धता व्यक्त गरे । कर्णाली प्रदेश जलविद्युत विकासको हिसावले सवै भन्दा राम्रो सम्भावना वोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले  जलविद्युत क्षेत्रमा सामुहिक ढंगले ठूलो स्तरको लगानी आवश्यक रहेकोमा जोड दिए । विकासका लागि नीजि लगानी मैत्री वातावरण सृजना नगरीकन देश नवन्ने शाहीको भनाई थियो । 
लगानीका लागि प्रदेश सरकारले राष्ट्रिय लगानीकर्ताहरुलाई प्राथमिकता दिने वताउदै मुख्यमन्त्री शाहीले विदेशी लगानीलाई राष्ट्रिय लगानीकर्तासंगको सहकार्यमा स्वीकार गर्ने नीति वनाईने स्पष्ट पारे । 
अहिले लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक नभएको भन्दै मूख्यमन्त्री शाहीले नेपालमा उत्पादित सामानलाई प्राथमिकता दिएर खपत गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप