सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वराजाले लगाइदिए शुभेच्छुक तथा सर्वसाधारणलाई टीका, तस्बिरहरु
फोटोफिचर

पूर्वराजाले लगाइदिए शुभेच्छुक तथा सर्वसाधारणलाई टीका, तस्बिरहरु

मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन् । सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ । 

त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दसैँ) को सबैभन्दा महत्त्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया