रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
बिहीबार, ०७ साउन २०८३, १५ : २२
सारांश
- सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
- अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भएका हुन्।
- करिब २५ दिन हिरासतमा रहेका उनलाई विशेष अदालतले साउन १ गते साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रम काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा भएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा रहेका उनलाई विशेष अदालतले साउन १ गते साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।
रिहापछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण