संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
सारांश
- वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विचार र अभिव्यक्तिको स्वतन्त्रतामा सरकारले नियन्त्रण गरेर निरङ्कुशता लादेको बताएका छन् ।
- उनले यही रवैया रहे संविधान बचाउन कठिन हुने र लोकतन्त्र निरङ्कुशतन्त्र उन्मुख हुँदै गएको बताए ।
- संविधान बचाउनका लागि राजनीतिक शक्तिहरू एक ठाउँमा बसी साझा दृष्टिकोण तय गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौँ । अधिवक्ता टीकाराम भट्टराईले सरकारले विचार र अभिव्यक्तिको स्वतन्त्रतामा नियन्त्रण गरेर निरङ्कुशता लादेको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा संविधानका जानकार समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
साथै उनले सरकारको यही रवैया रहिरहे संविधान बचाउन कठिन हुने बताए । उनले विद्यार्थी युनियनमाथि प्रतिबन्ध लगाउँदा समेत सुनसान भएको भन्दै दलहरूको भूमिका माथि नै प्रश्न गरे ।
‘विचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गरेर निरंकुशता लादिएको छ तर हामी सबै सुनसान छौ’, भट्टराईले भने, ‘नेकपाका सबै घटक, नेपाली कांग्रेस र संविधान निर्माण पक्षधरले यसको जवाफ दिनुपर्ने छ ।’
उनले लोकतन्त्र निरङ्कुशतन्त्र उन्मुख हुँदै गएकाले संविधान बचाउन नै कठिन भएकाले संविधान पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा बसेर साझा दृष्टिकोण तय गरे मात्र संविधान जोगाउन र बचाउन सकिने बताए ।
‘यसका लागि सबभन्दा पहिला राजनीतिक दलहरू सबल र क्रियाशील हुनुपर्छ तर आज त्यो महसुस गर्न सकिएको छैन’, उनले भने, ‘सङ्क्रमणकालीन अवस्थामा बीपी र पुष्पलालका अनुयायीहरू एक ठाउँमा आउने र आआफ्ना दलमा पुनर्गठन गर्नुपर्छ ।’ उनले जनता अमुक नेताका लागि नभई सिङ्गो आन्दोलनको बचावटका लागि सडकमा आउने भन्दै नेताहरूले पनि नेता भन्दा महत्त्वपूर्ण पार्टी हो भन्ने सन्देश दिनसक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण