बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु, अर्का एक घाइते

बिहीबार, ०९ कात्तिक २०८०, ०६ : ५६
बिहीबार, ०९ कात्तिक २०८०

मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार  दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज थापा घाइते भएका छन् । उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

भण्डारीका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप